एकाबिहानै प्रधानमन्त्री प्रचण्ड किन पुगे मुस्ताङ ?

  • प्रकाशित मिति : २०८० कार्तिक १, बुधबार
  • chhanbin.com

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बुधबार बिहानै मुस्ताङ पुगेका छन्।

जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन तथा स्थानीय जनतासँग अन्तरक्रिया कार्यक्रममा सहभागी हुन प्रचण्ड मुस्ताङ गएका उनको सचिवालयले जनाएको छ। अमेरिकी दूतावासको प्रायोजनमा सो कार्यक्रम हुने बुझिएको छ।

मुस्ताङमा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम छ।