प्रधानमन्त्री प्रचण्डको छाती दुख्यो, परिक्षणका लागि नर्भिक अस्पताल पुगे

  • प्रकाशित मिति : २०८० आश्विन ३०, मंगलवार
  • chhanbin.com

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका छन्।

मंगलबार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। तर नियमित चेकजाँच सकेर आजै बालुवाटार पठाईने अस्पताल श्रोतको भनाई छ।

अहिले उनलाई वार्डमा भर्ना गरेर जाँचको तयारी भइरहेको बताइएको छ  । डा. यादव भट्टसहितको टोलीले प्रधानमन्त्रीको स्वास्थ्य परिक्षण गरिरहेको श्रोतको भनाई छ।