कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक भएको छ । कात्तिक १ गते अर्थात् भोलिदेखि नै लागु हुने गरी बैंकहरुले आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
बैंकहरुले मंगलबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार १४ वटा बैंकहरुले आफ्नो ब्याजदर घटाएका छन् । भने, चार वटा बैंकहरुको ब्याजदर यथावत् रहेको छ र दुई वटा बैंकको ब्याजदर वृद्धि भएको छ । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको ब्याजदर एकल अंकमा देखिएको छ ।
ब्याजदर बढाउने बैंकहरु
कात्तिक महिनाका लागि ब्याजदर बढाउने दुई वटा बैंकहरु रहेका छन् । एनएमबि बैंक र नेपाल एसबिआई बैंकले यो महिनाका लागि ब्याजदर बढाएका हुन् । एनएमबि बैंकले कात्तिकमा १.०१३ प्रतिशत बढाएर व्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत पुर्याएकोे छ । यसअघि बैंकले असोजमा व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर तोकेको थियो ।
त्यस्तै, आगामी कात्तिकका लागि नेपाल एसबिआई बैङ्कले ०.७ प्रतिशत बढाएर व्यक्तिगततर्फ १०.७ प्रतिशत र संस्थागततर्फ ८.७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । तर, असोजमा भने बैङ्कले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको थियो ।
कुन बैंकको ब्याजदर यथावत्
कात्तिक महिनाका लागि चार वटा बैंकले ब्याजदर यथावत् राखेका छन् । सिद्धार्थ बैंक, माछापुच्छ्रे, लक्ष्मी सनराइज र राष्ट्रिय वाणिज्य बैंकले यो महिनाका लागि आफ्नो ब्याजदर स्थिर राखेका हुन् ।
कात्तिकमा सिद्धार्थ बैङ्कले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत, माछापुच्छ्रेले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइज बैङ्कले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैङ्कले व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर तोकेका छन् ।
१४ वटा बैंकले घटाए ब्याजदर, कसको कति ?
कात्तिक महिनामा १४ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । जसमा एभरेस्ट बैंकले १.८३ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७।२२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । प्राइम कमर्सियल बैंकले १.१० प्रतिशतले घटाएर कात्तिकमा व्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
यता, नबिल बैंकले पनि १.०५४ प्रतिशतले ब्याजदर घटाएको छ । व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यसै गरी नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले १.०२ प्रतिशत ब्याजदर घटाएको छ । कात्तिकका लागि व्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर तोकेको छ ।
प्रभु बैङ्कले कात्तिकमा ०.७७६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत, सानिमा बैङ्कले कात्तिकमा ०.७२९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत, ग्लोबल आइएमईले ०.५ प्रतिशत घटाएर व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको छ ।
यस्तै, कात्तिक महिनाका लागि कृषि विकास बैङ्कले ०.२५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत, कुमारीले ०.१ प्रतिशत घटाएर व्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत, सिटिजन्सले ०.०९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.९६ प्रतिशत र संस्थागततर्फ ७.९६ प्रतिशत,
स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले ०.७ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.२२ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत, नेपाल बैङ्कले ०.०६९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत,
हिमालयन बैङ्कले ०.०५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत र एनआईसी एशिया बैङ्कले ०.०५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर तोकेको छ ।