घट्यो सुनको भाउ, कतिमा ओर्लियो ?

  • प्रकाशित मिति : २०८० आश्विन २९, सोमबार
  • chhanbin.com

सोमबार नेपाली बजारमा सुनको मूल्य तोलमा ७ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ३ सय रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ७ सय रुपैयाँले नै घट्दै १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।