आधा दर्जन कम सिडिओको सरुवा, को कहाँ पुगे ?

  • प्रकाशित मिति : २०८० आश्विन २५, बिहीबार
  • chhanbin.com

गृह मन्त्रालयले सिडिओको सरूवा एवं पदस्थापन गरेको छ।

जिल्ला प्रशासन कार्यालय दोलखाका सिडिओ कोमलप्रसाद धमालको सरूवा भएको छ। उनको जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सरूवा भएको हो।

सर्लाहीका इन्द्रदेव यादवको इलाममा सरूवा भएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सिडिओ एवं सहसचिव विपीन आचार्यको गृहमन्त्रालयमा सरूवा भएको हो। त्यस्तै इलाममा रहेका श्रवणकुमार पोखरेलको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरूवा भएको हो।

यस्तै गृह मन्त्रालयमा रहेका टुवराज पोखरेलको जिल्ला प्रशासन कार्यालय दोलखामा पदस्थापन भएको हो।

एक सातामा एक दर्जन जिल्लाका सिडिओ फेरिदैछन।