प्रधानमन्त्री कार्यालयका सचिव मणिराम गेलालको सरुवा भएको छ। आज बसेको क्याबिनेटले गेलाललाई शहरी विकास मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।
शिक्षा, विज्ञान प्रविधि मन्त्रालयकी सचिव प्रमीलादेवी बज्राचार्यले सहरीमा सरुवा हुन लगाएको जोडबलले काम गरेन। उनी दैनिक जसो शहरी मन्त्री सीता गुरुङकोमा तारिख लगाउन पुग्थिन। त्यस्तै राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरेश आचार्यले रहर गरेका थिए।
खानेपानी सचिव राम आधार साहको सुमेरू पर्वतको प्रदक्षिणा गरेर सहरी भित्रिने योजनामा समेत ब्रेक लागेको छ। गेलाल निजामती क्षेत्रमा काविल र ईमानदार सचिवका रूपमा चिनिन्छन् । गेलालले यस अघि पनि सहरी सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।