शहरी विकास मन्त्रालयका सचिव श्रेष्ठले पाए अनिवार्य अवकाश, मन्त्रीले गरिन् भब्य बिदाई

  • प्रकाशित मिति : २०८० आश्विन १०, बुधबार
  • chhanbin.com

नेपाल सरकारका एक जना सचिवले अनिवार्य अवकाश पाएका छन् । उमेर हद ५८ बर्ष पूरा भएपछि शहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले अनिवार्य अवकाश पाएका हुन् । मन्त्रालयले आजै उनको भब्य विदाई गरेको छ।

३२ बर्ष ८ महिना नेपाल सरकारको सेवा गरेर विशिष्ट श्रेणी सचिव पद बाट २०८० असोज ११ गते देखि अवकाश पाउने उनको आज मन्त्रालयमा बिदाई गरिएको हो।

शहरी विकास मन्त्री सीता गुरुङले सचिव श्रेष्ठले पुर्याएको योगदानको चर्चा गरेकी थिईन् । उहाँ सँगको काम गराईले उर्जा थपेको मन्त्री गुरुङको टिप्पणी थियो। साथै, मन्त्रालय माहतहका कार्यालय प्रमुख र कर्मचारीले उनलाई भब्य बिदाई गरेको मन्त्रालयले जनाएको छ।