तमोरको पानी पिएका गायक पदमले ‘बाटो घुमाउरो’मा यसरी देखाए तागत, गीतले भर्यो उडान

  • प्रकाशित मिति : २०८० आश्विन ६, शनिबार
  • chhanbin.com

चर्चाको चुलीमा पुग्न फेदीमामा बास बसेका चर्चित गायक पदम राईले अर्को उम्दा गीत बजारमा ल्याएका छन् ।

जिन्दगी सरल रेखामा मात्र नकुदेर बाङ्गो टिङ्गो हुने गर्छ। सुख र दुख चक्र चलेकै रीतलाई पछ्याएर पदमले पनि जिन्दगीकै लयकै पेरिफेरीमा ‘बाटो घुमाउरो’ बोलको गीत सार्वजनिक गरेका छन् ।

गीतमा पदमलाई गायिका अन्जु पन्तले साथ दिएर थप ओजन बढाएकी छिन। डान्सिङ्ग बिटको गीतमा पदम स्वयमले पनि अभिनय गरेका छन। उनलाई अभिनयमा मोडल एलिसा राईले साथ दिएकी छिन। पदम र एलिसाका अलावा गीतमा सरोज प्रजा, बिना राउत, सुरेश देवल, प्रिन्शिका श्रेष्ठको पनि अभिनय रहेको छ।दीपक शर्माको शब्द संगीत, नरेन्द्र वियोगीको एरेन्ज र मिक्सिङ्ग मास्टररिङ्ग, भुवन गर्न्दर्वको ढोलक तबला रहेको गीतको भिडियो निकै नै रमाईलो बनेको छ।

गीतको भिडियोको कन्सेप्ट, कोरियोग्राफी र निर्देशन गम्भीर बिष्टले गरेका हुन् भने भिडियोलाई नबराज उप्रेतीले खिचेका हुन्। प्रशान्त मगरको सह निर्देशन रहेको गीतलाई प्रविन भट्टले सम्पादन गरेका हुन्। गीतमा रेनिश फागोले कलर करेक्सन गरेका हुन्। ताप्लेजुङमा जन्मे हुर्केका पदमले तमोर नदीकै गतिलाई समातेर गायन क्षेत्रको गतिलाई झन्-झन् तीब्र पारिरहेकै छ्न।

गीतको भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् ।