कोईली स्वरकी धनी उम्दा गायिका सम्झनाको गीत ‘हल्ला हुने भो’ले यसरी पिट्यो तहल्का 

  • प्रकाशित मिति : २०८० आश्विन ६, शनिबार
  • chhanbin.com

कोईली स्वरकी धनी उम्दा गायिका सम्झना योङहाङको सुरिलो स्वरमा प्रेमिल गीत ‘हल्ला हुने भो’ले बजारमा साँच्चिकै हल्ला मच्चाएको छ।

लक्ष्मीदास शर्माको शव्द तथा दिपेन्द्र वमजनको संगीतमा सजिएको प्रेमिल गीत ‘हल्ला हुने भो’को भिडियोले त झन् बजार नै तताएको छ।

बिजय मगरको निर्देशनमा बिष्णु कार्कीको मेकअप, सनम तामाङको छायांकन र अर्जुन खड्काको सम्पादन तथा कलर रहेको भिडियोमा रिवेल राई र करुना राईको अभिनय रहेको छ ।

आदेश गुर्मछानको संगीत संयोजनमा माहोल स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ सागर संसार राईले गरेका छन् ।

गीतको शब्द,स्वर र भिडिओको तालमेलको त्रिवेणीले गीत जीवन्त र सबैको मन मुटुमा बसेको छ।

गीतको भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् ।