दर्के पानी परेपछि एसिया कप अन्तर्गत नेपाल र भारतबीचको खेल अवरुद्ध

  • प्रकाशित मिति : २०८० भाद्र १८, सोमबार
  • chhanbin.com

एसिया कपअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाले अवरुद्ध भएको छ। ३७.५ ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल अवरुद्ध भएको हो।

नेपालले ३७.५ ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको छ। नेपालका लागि दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा अविजित छन्।

यसअघि गुल्शन झा २३, आशिफ शेख ५८ रन, कुशल भुर्तेल ३८ रन, भीम सार्की ७ रन, रोहित पौडेल ५ रन र कुशल मल्ल २ रनमा आउट भएका थिए।