पोषणयुक्त आहारको उत्पादन र वितरणमा ख्याति कमाउन थालेको राष्ट्रिय खाद्य बैंकले आफ्नो दायरा दिनानुदिन फराकिलो पार्दै गएको छ।
रैथाने र सनातनी बालिनालीको जगेर्ना गर्दै राज्यले गर्नुपर्ने काम निजी क्षेत्र मार्फत गर्दै आएको राष्ट्रिय खाद्य बैंकले आर्थिक र कृषिका विषयमा आफ्ना सदस्यलाई विषय विज्ञ मार्फत जानकारी गराउने काम समेत गर्न थालेको छ।
सोही अन्तर्गत आज मिरेकल ग्रेन्सको विषयमा नेपाल राष्ट्र बैंकका बोर्ड सदस्य तथा राष्ट्रिय खाद्य बैंक लिमिटेडका सल्लाहकार डा शंकर आचार्यले प्रस्तुति दिएको बैंकका कार्यकारी अध्यक्ष शंकर उप्रेतीले बताए । आचार्यको प्रस्तुति धेरै जानकारीमूलक र प्रभावशाली रहेको बैंकका पदाधिकारी रामशरण देउजाले बताए।
कोदो समुह अन्तरगतका खाध्यान्नको महत्व र यसले स्वास्थ, अर्थ र बाताबरणमा पुराउने सहयोगका बारे डा. आचार्यले स्पष्ट पारेको देउजाले छानबिनलाई बताए। कार्यक्रममा बैंकका सदस्यका अलावा अन्य दर्जनौंको उपस्थिति थियो।
देशभर संजाल फैलाएको सो बैंकले हिमाल देखि खोला गढ्तीरमा पाईने खानेकुरा एकै छानामुनी बाट सहुलियत दरमा वितरण गर्दै आएको छ। उक्त बैंकको सदस्य बन्नेको पछिल्ला दिनमा लर्को नै लाग्न थालेको छ। आगामी बर्ष आईपिओ जारी गर्ने गरि तिब्र गतिमा अगाडि बढेको बैंकको काम दुनियाँका दृष्टिमा अब्बल ठहरिएको छ।
कार्यक्रममा सहभागीहरू