पोषणयुक्त आहार हरेक नेपालीको चुल्होमा पुर्याउने, रथानेबालीको जगेर्ना गर्दै सनातनी नेपाली खान्कीलाई विश्वबजारमा चिनाउने हुटहुटीले स्थापना भएको नेपाल खाद्य बैंकमा आकर्षण बढ्ने क्रम जारी छ।
नेपालीको स्वास्थ्यलाई झन् तन्दुरुस्त बनाउने र बिषादीयुक्त खानेकुरा उत्पादन, वितरण र भण्डारण गर्दै आएको बैंकको नेपालीप्रतिको आफ्नोपनलाई माया गर्दै पछिल्ला दिनमा खाद्य बैंक पुग्नेको लर्को लाग्न थालेको छ।
नेता, पूर्वमन्त्री, माननीय, कलाकार, सुरक्षा निकायको उपल्लो तहका कर्मचारी मात्र होइन जनसाधारणको ध्यान समेत पछिल्ला दिनमा उक्त बैंकले खिच्न थालेको छ।
अचेल हरेकदिन जसो खाद्य बैंकको मुख्यालयमा भ्रमण गरेको ताँती छ। हिजो बुधबार मात्र बाग्मती प्रदेशका माननीय समेत रहेका पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठ पुगेर राज्यले गर्नुपर्ने काम खाद्य बैंकले गरेको भन्दै तारिफ गरे। आज नेपाली कला क्षेत्रका सिद्धहस्त मदनदास श्रेष्ठ बैंकको हेडक्वार्टर बानेश्वर पुगेर खाद्य बैंकको काम देखेर नतमस्तक भए।
केही दिन पहिले पूर्वमन्त्री महेश बस्नेत, पूर्व माननीय विशाल भट्टराई, प्रतिनिधिसभा सदस्य मानबीर राई, राष्ट्र बैक संचालक समितीका सदस्य, नेपाल सरकारको उपल्लो ओहोदाका अधिकारी बैंक पुगेर जानकारी लिने गरेका छन् ।
बैंकको खाद्य भण्डारमा सुगम देखि दुर्गमसम्मका क्षेत्रमा पाईने खाद्य सामग्री छन् । गुन्द्रुक देखि सिस्नु सम्म र फापर देखि रैथाने वास्मती सम्म पाईन्छ। पूर्वको ताप्लेजुङको ओलाङ्गचुङ्गगोलाको खान्की देखि पश्चिमको दार्चुलासम्मको खानेकुरा पाईने बैंकका कार्यकारी अध्यक्ष शंकर उप्रेतीले बताए।