जब हुन्छ देशको मूल नीति भ्रष्ट (कविता)

  • प्रकाशित मिति : २०८० श्रावण २०, शनिबार
  • chhanbin.com

निजामती सेवाका अब्बल र काविल प्रशासक बद्रीनाथ गैह्रे सिद्धहस्त साहित्यकार पनि हुन् । नेपाल सरकारका सहसचिव गैह्रे अहिले धादिङको प्रमुख जिल्ला अधिकारी छन् । समसामयिक विषयलाई कलात्मक तवरले गहकिलो प्रस्तुति दिनु उनको विषेशता हो। उनको पछिल्लो सृजना हामीले यहाँ प्रस्तुत गरेका छौं ।

 

जब हुन्छ देशको मूल नीति भ्रष्ट
देखिन्छ राजनीतिकाे नियत प्रष्ट ।

बाहिर एक भित्र अर्कै भएपछि
कुनै दिन भइहाल्छ नि छरपस्ट ।

जब बिचाैलियाले चलाउँछ सबै
वैध प्रणाली हुने नै भयाे ध्वस्त ।

त्यहि विकृतिलाई साथ दिदै गर्दा
कर्मचारीका मूल्य हुन पुगे नष्ट ।

नेतृत्वले नै सहि गन्तव्य नदिदाँ
अनुयायी हुने नै भए अस्तव्यस्त ।

जब हुन्छ देशको मूल नीति भ्रष्ट
देखिन्छ राजनीतिकाे नियत प्रष्ट ।