व्यवसायी दीपक मल्होत्रा माथि नै किन बारम्बार ठोकिन्छ घन ? सुनको बात् किन लगाइन्छ बारम्बार ?

  • प्रकाशित मिति : २०८० श्रावण १०, बुधबार
  • chhanbin.com

संस्कृतमा एउटा भनाइ प्रचलित छ, ‘एक लज्जाः परित्यज्य, सर्वत्रः विजयी भवेत ।’ एउटा लाज छाडेपछि सबै जितिन्छ । यो एउटा व्यङ्ग्यात्मक उक्ति पनि हो, ‘लाज नभएका मान्छेसित कसैको केही लाग्दैन, उनीहरू सबैतिर जितेरै छाड्छन्, सज्जनले नै पर हट्दिन पर्छ ।’

हो, ठ्याक्कै यो भनाई संग व्यवसायी दीपक मल्होत्राले खेपेको सास्ती,लागेका आरोप र नपिएको विषले पारेको प्रभाव केलाउन सकिन्छ। पछिल्ला दिनमा धेरैले उनलाई नजान्दै नबुझ्दै लगाएको आरोपका खातले उनैले खडा गरेको व्यापारिक साम्राज्यलाई जितेको छ। कागले कान लग्योको शैलीमा उनी माथी खनिनेको भीड मात्र छ र कान छाम्नेको संख्या ज्यादै कम छ। हो मा हो मिलाएर लखेट्नेको जमात मात्र त सत्य र तथ्य बुझ्ने छेकछन्दै छैन। आरोप एकातर्फ छ भने वास्तविकता अर्कै तर्फ छ। जसलाई केही हद सम्म निफन्ने र केलाउने प्रयास यो आलेखमा गरिएको छ।

‘लाज नभएका मान्छेसित कसैको केही लाग्दैन, उनीहरू सबैतिर जितेरै छाड्छन्, सज्जनले नै पर हट्दिन पर्छ ।’ भन्या जस्तै गरि उनी सज्जन बनेर निरन्तर पछि हट्नाले उनी माथि बारम्बार घन बर्साउने काम भई आएको छ।

लाज नभएका संग कसैको मात्र होइन मल्होत्राको पनि केही नलाग्ने भएरै उनले सज्जन हुने बाटो रोजे । त्यस्ताका पछि लागेनन् तर अहिले ती लाज नभएकाले उनी माथि असुर प्रहार गरेको गरेकै छन्।

नबिराउनु नडराउनु भन्ने भनाईको गुदी बुझेका उनी ज्याद्रो भएर त्यस्ताको परवाह नगरी ब्यापारिक साम्राज्य खडा गर्नमै व्यस्त भए। उनको लगनले उनी देशले पत्याएका व्यक्ति त यसै छन् उनको अन्तरदेशीय प्रभाव समेत हिलोको ढुङ्गो जस्तै कसैले हल्लाउन नसक्ने चरणमा छ।

स्वभावका हिसावले उनी भूँई मान्छे देखि उपल्लो तहका मान्छे संग सम्बन्ध स्थापित गर्न ज्यादा रुची राख्छन । त्यसले गर्दा उनी सबैको पहुँचमा छन्। उनको यहीँ स्वभावले गर्दा पनि उनको व्यक्तित्व माथि तेजाव खन्याउन खोज्ने जत्थाका लागि अचुक सहजता बन्यो।

अपमान नै सहि, तर उनले आफूले देखेको सपना पूरा गर्न बिश्राम कहिल्यै लिएनन्। राज्यको थिति,नीति र विधि भित्रै रहेर व्यापारिक कामकाज गरिरहे, अहिले पनि गरिरहेकै छन्। यहि कालखण्डमा उनलाई सुन ओसारपसार गर्नेको मुखिया भनेर जवर्जस्त स्थापित गर्न खोजिदैछ। उनलाई अहिल्यै मात्र यस्तो आक्षेप लगाईएको भने होइन। उनीमाथि यसरी हमला हुन थालेको दशकौ नै भईसक्यो।

मलहोत्राले बारम्बार प्रष्टीकरण दिनुपरेकै छ तर राज्यले करार गर्न सकेको छैन। राज्य लाग्दा व्यक्तिको केही शीप चल्दैन तर त्यहि राज्यले उनलाई खोट देखाउन पनि सक्दैन र आरोप लगाउन पनि छोड्दैन। यहि दुष्चक्रमा उनले ब्यापार गरिरहनु परेको छ।

३ वैशाख ०५५ मा सांसद परी थापाको संयोजकत्वमा राजश्व चुहावट नियन्त्रण संयुक्त संसदीय समिति गठन भयो । त्यो समितिले मल्होत्रा सहितका अन्य धेरै ब्यापारीले सुन ल्याउने गरेको प्रतिवेदन बुझायो। तर त्यो बेला देखि अहिले सम्मको अवधिमा जति सुन समातियो त्यो सबै प्रकरणमा मलहोत्रालाई जोड्ने क्रमको अन्त्य भने भएको छैन। प्रतिवेदनले १६ जनाको नाम किटान गरेपनि मलहोत्रा मात्र हरेक पटक त्यो अप्रमाणित सुन प्रकरणको घानमा परिरहेका छन्। र, आज सम्म पिल्सिरहेका छन् ।

पछिल्लो पटक सिनामंगलबाट समातिएको भनिएको सय केजी सुन प्रकरणमा मल्होत्रालाई राज्यकै निकायले जोडेर मिडियामा ल्याएपछि उनले पत्रकार सम्मेलन गरेरै सबै कुरा बोलिसकेका छन्। र, उनले पच्चीस बर्ष अगाडि राजस्व तिरेर राज्यले ल्याउन दिने मात्राको सुन ल्याएर कारोबार गरेको बयानै दिएका छन्। उ बेलाको संसदीय समितिले दिएको प्रतिवेदनको हवाला दिएर २५ बर्षपछि उनीमाथि बज्र हान्ने काम जारी छ। यदि सत्य थियो भने संसदीय समितिको प्रतिवेदन किन उही बेला कार्यान्वयन भएन ? यसको जवाफ कसले दिने गम्भीर प्रश्न तेर्सिएको छ।

२०७४ भदौमा काठमाडौं क्षेत्रपाटीबाट भीआईपी लेखिएको जिपबाट ८८ किलो सुन बरामद भयो । उक्त सुन चीनको केरुङबाट रसुवागढी नाका हुँदै काठमाडौं भित्र्याइएको खुलेको थियो । त्यस अघि १६ भदौमा सोही नाकाबाट नेपाल भित्रिएको २२ मध्ये १५ किलो सुन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बरामद गरेको थियो ।

यो प्रकरणमा पनि केही दिन मल्होत्राकै चर्चा भयो। तर त्यसपछि त्यसै सामसुम भयो। पहेलो धातु देख्ने बित्तिकै मलहोत्राको अनुहार सम्झने राज्यका निकायका कारण मलहोत्रा माथि अन्याय भएको सीआईबीका एक पूर्व प्रमुखले बताए। अर्कातिर ३३ केजी सुन प्रकरणमा पनि उनैलाई जोडियो। तर सनम हत्याको पोल खुलेपछि र सुन बोक्ने समातिएपछी उनलाई जोड्ने आफै थान्को लागे।

सुन तस्करले राज्यको ध्यान मोड्न र राज्यले नागरिकको उग्रता साम्य पार्न तत्कालै दीपक मलहोत्राको नाम दुरुपयोग गर्ने गरेको सुन काण्डको सनातनी परम्परा जस्तो भएको अर्थ मन्त्रालयका एक सहसचिवको टिप्पणी छ। हुन पनि उनैले भन्या जस्तो व्यबहारमै देखिएको पनि छ।

यस्तो छ सुन तस्करीको इतिहास

तत्कालीन राजा महेन्द्रले मनाङका बासिन्दालाई व्यापारिक काममा अगाडि बढाए । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले उनीहरुलाई तेस्रो मुलुकबाट सुन नेपाल ल्याई भारत पुर्‍याउने काममा संलग्न गराए । त्यसयता सुरु भएको सुन तस्करी अझै रोकिएको छैन ।

२३ फागुन २०४२ मा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर बुढा तीन किलो सुनसहित समातिएका थिए ।

२०४४ सालमा तत्कालीन अधिराजकुमार धिरेन्द्रका अंगरक्षक कर्णेल भरत गुरुङ र अवकाशप्राप्त प्रहरी महानिरीक्षक डीबी लामा सुन तस्करीको अभियोगमा समातिएका थिए ।

२०४६ को राजनीतिक परिवर्तनपछि तस्करीको लाइनको प्रचलन पनि सुरु भयो । खासगरी ०५१ सालको निर्वाचनमा कुनै दलले बहुमत ल्याउन नसकेपछि चरम राजनीतिक अस्थिरता सुरु भयो । र, सुन तस्करीको ग्राफ पनि ह्वात्तै उकालो लाग्यो ।

त्यतिबेलाको मुख्य नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल थियो । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकार ढालिएपछि शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार गठन भयो । त्यसका गृहमन्त्री खुमबहादुर खड्काको संरक्षणमा मौलायो, सुन तस्करी पनि ।

त्यसपछिको सरकारमा गृहमन्त्री बनेका वामदेव गौतमले खड्काको भन्दा भिन्दै लाइनबाट तस्करीको ‘सेटिङ’ मिलाए ।

लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकार पनि ढलेपछि सूर्यबहादुर थापा प्रधानमन्त्री बने । उक्त सरकार गठन गर्ने आर्थिक स्रोत नै सुन तस्करीमा संलग्न गिरोहले जुटाएको विश्वास गरिन्छ ।

२३ वैशाख ०५५ मा सांसद परी थापाको संयोजकत्वमा राजश्व चुहावट नियन्त्रण संयुक्त संसदीय समिति गठन भयो । २८ पुस ०५५ मा उक्त समितिले प्रतिवेदन बुझायो । प्रतिवेदनमा अनिल जटिया, प्रकाश बेगानी, शंकर गोल्यान, आईएल प्रधान, टेकबहादुर गुरुङ, जमिम शाह, ताहिर शाह, दीपक मलहोत्रा, प्रकाश टिवडेवाला, विष्णु जोशी, धोजेन्द्र गौचन, विष्णु गौचन, छविलाल भुसाल, अशोक सुरेखा, हरि न्यौपाने र दिपक स्वाँरको नाम किटानी साथ उल्लेख छ । तर, ती कुनैमाथि कानुनी कारवाही भएन ।

सम्भवतः एकसाथ एक क्विन्टल -एक सय किलो) सुन बरामद भएको पहिलो घटना हो, २९ मंसिर ०५४ को । त्यति ठूलो परिमाणको सुनसहित कोरियाली नागरिकद्वय जो कुन ह्वा र युन सोङ समातिएका थिए, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ।

पञ्चायतकालमा नेपालमा सुन ओसार्ने नाका हङकङ मात्र थियो । ०५० सालपछि दुबई, थाइल्यान्ड, मलेसिया, कतार र चीन पनि जोडिए, तस्करीको रुटमा ।

नेपाल भित्रिने सुनको सानो परिमाण मात्र स्वदेशी खपत हुन्छ । बाँकी सबै भारत पुग्छ । भारतमा वाषिर्क एक सय १६ टन सुन खपत हुने गरेको छ । विश्व सुन परिषद्का अनुसार चीनमा सबैभन्दा बढी दुई सय ४१ टन सुन खपत हुन्छ ।

नेपालमा दैनिक २५ किलो खपत हुने गरेको अनुमान छ । सरकारी कोटा भने १५ किलो मात्र छ । बाँकी १० किलोको माग धान्न र भारत पुर्‍याएर ‘इजी मनी’ प्राप्त गर्न नेपाली भूमि प्रयोग हुँदै आएको छ ।

यी सबै तथ्य र तथ्यांक हेर्दा मलहोत्रालाई हिलो छ्यापेको उसै प्रष्ट हुन्छ। अहिले मल्होत्रा गाडी, हाईड्रो, मोबाईल र हाउजिङ्ग सङै घरजग्गा ब्यबसायमा ब्यस्त छन् । राज्यलाई धेरै कर बुझाउनेको सुचीमा पनि उनको नाम अग्रपंक्तिमै छ।