आफू भन्दा एघार कनिष्ठ सचिव भएपछि बल्ल लक्ष्मीको सचिवमा भयो बढुवा, किन भयो ढिलो ?

  • प्रकाशित मिति : २०८० असार २६, मंगलवार
  • chhanbin.com

महिला वालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत  सहसचिव लक्ष्मीकुमारी बस्नेतलाई आज मंगलबार बसेको क्याबिनेटले सचिवमा बढुवा गरेको छ ।

मन्त्रिपरिषद् बैठकले बस्नेतलाई सचिवमा बढुवा गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

बढुवा समितिले बस्नेतलाई सचिवका लागि एकल सिफारिस गरेको थियो । बस्नेत २०६७ सालकै सहसचिव हुन् । उनी भन्दा पछाडि सहसचिव भएका ११ जना उनी भन्दा अगाडि सचिव भइसकेका छन् । सचिव हुने तालिम नलिएका कारण उनको बढुवा ढिलो भएको हो। यदि उनले बेलैमा तालिम लिएको भए पेन्सन नहुँदै अवकाशमा जानुपर्ने अबस्था हुन्थ्यो।

बस्नेतले २०६३ मा शाखा अधिकृत भएर निजामती सेवाको यात्रा शुरु गरेकी हुन् । २०६६ मा उपसचिवमा नाम निकालेकी उनी २०६७ सालमा सहसचिव हुँदै आजको क्याबिनेटको निर्णयपछि सचिव भएकी छन् । अब २०८५ साल सम्म उनले निजामती सेवामा योगदान दिने छिन् । सचिवको पाँच बर्से कार्यकाल सकिदा उनको निजामती सेवामा जम्मा २२ बर्ष ब्यतित हुन्छ।