प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई केही बेर अघि बसेको क्याबिनेट बैठकले नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।
सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले डा. अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । यो निर्णय पछि अर्याल नेपाल सरकारको २६ औ मुख्यसचिवमा दर्ज भएका छन् ।
शंकरदास वैरागीले मुख्यसचिवको पदबाट आजै राजीनामा दिएका थिए । वैरागीको राजीनामा स्वीकृत गरेपछि अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय भएको हो। अर्याल सादगी र काविल प्रसाशकका रुपमा चिनिन्छन।