आफ्नै बलबुता र वर्गतले राष्ट्रिय राजनीतिमा प्रभाव बढाउदै सक्रिय राजनीतिमा होमिएको नेपाल समाजवादी काङ्ग्रेस निर्णायक आन्दोलन गरेर बर्तमान राज्यसत्तालाई धक्का दिने अभियानमा होमिएको छ। दुरदर्शिताको राजनीति गर्दै आएका ग्रेट हिमालय विचारधाराका प्रवर्तक पार्टीका राष्ट्रिय अध्यक्ष गोबिन्द निरौलाको कप्तानीमा हुने निर्णायक आन्दोलन लगायतका विषयमा हामीले उनै निरौला सँग वार्तालाप गरेका छौँ।
तपाईको पार्टीले निर्णायक आन्दोलन घोषणा गरेपछि सत्तामा रहेका पार्टीले रमिता देखाउन थाले किन यस्तो भएको होला ?
बास्तबिकता के हो भने बर्तमान शासन- सत्ता देशको हीत बिपरित भएको,सत्तामा भएका पार्टीहरु लक्ष्यबिहिन भएका, मुलुक हत्या,अपहरण,बलात्कार जस्ता जघन्य अपराधमा फसेको, जसको कारण देश गृहयुद्धको बाटोमा जाने भएको हुँदा त्यसलाई रोकेर नेपाली समाजलाई सुरक्षित गर्नुछ भन्ने निस्कर्षका साथ हामीले आन्दोलनको घोषणा गरेका हौ।
जहाँसम्म तपाइको प्रश्न छ, नेपालमा भएको बर्तमान सत्ता अपराध बाट सृजित तत्व मिलेर बनेको छ।
देश बिघटन गर्न तयार रहेका शासकहरु बाट संघिय धर्मनिरपेक्षता घोषणा भएको छ। आफ्नो देशका नागरिकलाई बिदेशको शरणार्थी बनाएका छन। उद्योगधन्दा ध्वस्त छ। मुलुक भित्र त्यस्तो उद्योग, उत्पादन, बजार केही छैन। यो बिदेशेको इसारामा परिचालित हुने सरकार भएको ले यसलाई राखिराख्नुको कुनै औचित्य छैन।
नेपाल समाजवादी काङ्ग्रेस राष्ट्रको अस्मिता जोगाउन कुन हदको आन्दोलनमा उत्रन सक्छ ?
देश डुब्न लाग्दा अस्मिता बचाउनको लागि कसैले न कसैले पहल गर्नुपर्छ। त्यसको अर्थ जनताको साथम नगइकन राष्ट्रिय उपलब्धी प्राप्त हुन सक्दैन भनेर हामीहरुले निर्णायक आन्दोलन २०८० घोषणा गरेका छौ। नेपालको संविधान २०७२ खारेज गरेर नयाँ संबिधानको घोषणा गर्न सकिएन भने देश बच्दैन । उद्देश्य प्राप्ति हुन अनिबार्य छ। तर, हामीहरु शान्तिपुर्ण नागरिक आन्दोलनको पक्षमा छौ। आन्दोलन बौद्धिक र ब्यबहारिक हुन्छ। शसक्त हुन्छ। सरकारी पक्ष अनुचित दमनमा गयो भने ओलीहरुले घटाएको झापा काण्ड, प्रचण्डले गरेको हिंसक क्रान्ती,काग्रेसले गरेको राजा माथिको बम आक्रण, स्मरणको निम्ति सार्बजनिक अभिब्यक्ती स्पष्ट गरिसकेका छौ।
नेपाललाई प्रगती तर्फ लैजान कुन मोडेलको शासन ब्यबस्थाको अपरिहार्यता देख्नुभएको छ ?
हामीहरु स्पष्ट छौ, विश्व प्रजातन्त्रको बाटो बाट बिमुख भएर देश बाँच्दैन। देशको श्वाधिनता संरक्षण गर्न भन्नुस यात जनताको अधिकार शुरक्षित गर्न प्रजातन्त्र आवश्यक छ। त्यसो भन्दैमा बिश्वमा संचालित पुँजीबादी राज्यब्यवस्था अंगालो मारेर राख्नुपर्छ भन्ने छैन। देश हित हुने राज्यब्यावस्था स्थापना गर्न आवश्यक छ। त्यसको अर्थ संबैधानिक प्रजातन्त्र।
संबैधानिक प्रजातन्त्रमा देशको श्वाधिनत सुरक्षित भएको हुन्छ भने नागरिक प्रतिष्ठा कायम भएको हुन्छ। अर्थात प्रजातन्त्र भन्नू जनताको संविधान, जनताको सरकार, जनताको शासन। अर्थात संविधान भित्रको श्वतन्त्र, संविधान भित्रको शासन, संविधान भित्रको सरकार। यस्तो अवस्था बिश्वको कुनैपनी मुलुकमा देखिएको छैन। पुँजीजादी प्रजातन्त्रले अस्तित्वको तोडफोड गरेको छ। हामीहरु त्यस्तो प्पक्षमा छैनौ। तर न्यायालय श्वातन्त्र हुन्छ। प्रजातन्त्र भन्नू बाईसौ शताब्दीको हाँकलाई थेग्न सक्ने राज्यब्यावस्था। संमृद्धीको निम्ति समाजवादी अर्थनीती। उद्योग, उत्पादन र बजारको ब्यावस्था। एकात्मक राज्य अस्तित्व। बिकेन्द्रीकृत प्रशासन प्रणाली।
तपाईको पार्टीको निर्णायक आन्दोलनको बाछिटा कहाँ सम्म पुग्छ ?
हामीहरुले स्पष्ट शब्दमा भनेका छौ, देश बचाउनको निम्ति बर्तमान राज्यब्यावस्थाको परिबर्तन आवश्यक छ। त्यसो गर्न २०७२ को संविधान खारेज गर्नुपर्दछ। संविधान खारेज गराउन नागरिक आन्दोलन नभै हुँदैन।
आन्दोलन शान्तिपुर्ण हुन्छ। बैज्ञानिक र बौद्धिक हुन्छ।
आन्दोलनको निश्चित पक्ष के हो भने नेपाल समाजवादी काग्रेसले गर्ने आन्दोलन बाट बर्तमान सत्ताको अन्त्य हुन्छ। महत्वपुर्ण कुरा नेपालका दुबै छिमेकी मुलुक समेत नेपालको श्वाभिमान प्रती संवेदनशिल हुन्छन।