कहाँ-कहाँ पानी पर्छ आज ?

  • प्रकाशित मिति : २०८० जेष्ठ ११, बिहीबार
  • chhanbin.com

नेपालमा बिहीबार (आज) कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको हो। यस्तै तराईका केही भू- भागमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू-भागमा बिहान सामान्यदेखि पूर्णतया बदली रहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।