बढ्यो सेयर बजार, कति भयो कारोबार ?

  • प्रकाशित मिति : २०८० जेष्ठ ९, मंगलवार
  • chhanbin.com

साताको तेस्रो दिन मंगलबार शेयरबजारमा उच्च अंकको वृद्धि भएको छ । शेयरबजार मापक परिसूचक नेप्से मंगलबार ५१.३१ अंक बढेर १९४२.६३ को विन्दुमा पुगेको छ ।

यसदिन २१९ कम्पनीको शेयरमूल्य बढ्दा २ वटा कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । आदर्श लघुवित्त वित्तीय संस्था र किसाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा गिरावट आएको छ ।

तीनवटा कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको दिन २७१ कम्पनीका ६०,६७,४३२ कित्ता शेयर २,२०,००,२३,९४५ रुपैयाँमा किनबेच भए ।