नक्कली शरणार्थी प्रकरणले क-कसको हल्लियो मथिङ्गल ? प्रचण्डसँग ओलीले फेरि गरे गोप्य

  • प्रकाशित मिति : २०८० बैशाख २३, शनिबार
  • chhanbin.com

नक्कली शरणार्थी प्रकरणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता बाक्लिएको छ । ओली तीन दिनमा दोस्रोपटक प्रधानमन्त्री भेट्न सिंहदारबार पुगेका छन् ।

अहिले दुई नेताबीच भेटवार्ता जारी रहेको स्रोतले बतायो । शरणार्थी प्रकणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि ओलीले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

दुई दिनअघि भएको भेटमा उनले एमाले नेताहरुलाई अनावश्यकरुपमा मुछ्न खोजेको भन्दै असन्तुष्टि जनाएका थिए ।

यो बिचमा पूर्व गृहमन्त्री बालकृष्ण खाडको नाम समेत मुछिएको छ।