संघीय संसद्को बजेट अधिवेशन आइतबारदेखि सुरू

  • प्रकाशित मिति : २०८० बैशाख २३, शनिबार
  • chhanbin.com

संघीय संसद्को बजेट अधिवेशन आइतबार(भोलि)देखि सुरु हुँदैछ। दुवै सदनको बैठक भोलि बस्दैछ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आव्हान गरेका हुन्।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन्। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।

आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ।