बालकोटमा ओलीले दिएको गुरुमन्त्र रविले बैठकमा सुनाउने, प्रचण्डलाई छोडेर ओली तिरै आउने

  • प्रकाशित मिति : २०८० बैशाख २२, शुक्रबार
  • chhanbin.com

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने वा समर्थन फिर्ता लिएर प्रतिपक्ष बन्ने भन्ने विषयमा निर्णय गर्न आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैठक राख्दै छ।

रास्वपाका एक पदाधिकारीका अनुसार आज पार्टीका केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो।

‘हामी बीचमा बस्दैनौँ, कि सरकारमा सहभागी हुन्छौँ कि समर्थन फिर्ता लिएर प्रतिपक्ष बन्छौँ’, ती पदाधिकारीले भने।

यसअघि गत सोमबार बसेको रास्वपा बैठकले आज शुक्रबार निर्णायक बैठक राख्ने निर्णय गरेको थियो।

गत मंसिरको चुनावपछि सरकारमा सहभागी भइसकेको रास्वपा नागरिकता मुद्दाका कारण गृहमन्त्रीसमेत भइसकेका पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि सरकारबाट बाहिरिएको हो। तर उसले सरकारलाई दिएको समर्थन भने अहिलेसम्म फिर्ता लिएको छैन।

पछि प्रक्रियाबमोजिम पुन: नेपाली नागरिकता लिएर लामिछाने यही वैशाख १० गते भएको उपचुनाव जितेर फेरि चितवन-२ बाटै प्रतिनिधि सभा सदस्य भइसकेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उनलाई फेरि सरकारमा सामेल हुन आग्रह गरिसकेका छन्। तर लामिछाने पहिलेकै मन्त्रालय गृह पाए मात्र सरकारमा सहभागी हुने अडानमा छन् भने प्रधानमन्त्रीले अहिल्यै त्यसो गर्न सहज नभएको बताइरहेका छन्। यहीबीच रास्वपाको आज निर्णायक बैठक बस्न लागेको हो।

यो बिचमा ओली र लामिछाने बिच दुई पटक कुरा भएको छ। ओलीले दिएको मन्त्र अनुसार लामिछाने प्रतिपक्षी बेन्चमा बस्न राजी भएको हो।