सुनको मूल्य ह्वात्तै बढ्दा कतिमा हुँदैछ कारोबार ?

  • प्रकाशित मिति : २०८० बैशाख २१, बिहीबार
  • chhanbin.com

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार दुुई सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबालवको सुनको मूल्य प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भैरहेको छ ।

कारोबारको अघिल्लो दिन बुधवार नेपाली बजारमा छापाबालवको सुनको मूल्य प्रतितोला एक लाख दश हजार छ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख दश हजार पचाँस रुपैयाँमा कारोबार भैरहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँले कारोबार भईरहेको छ ।