चीलले कुखुराको चल्ला टिपेकै स्टायलमा प्रहरीले टोपबहादुरलाई यसरी पार्यो कर्याप्पै

  • प्रकाशित मिति : २०८० बैशाख २१, बिहीबार
  • chhanbin.com

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका तस्करी गर्ने अभियोग लागेका पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार रायमाझी बिहीबार विहान भैरहवाबाट पक्राउ परेका हुन् । उनलाई बिहीबारै काठमाडौँ लैजाने तयारी भएको बुझिएको छ । तर रायमाझी पक्राउ परेकोबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन । तर प्रहरीको गोप्य स्रोतले दिएको जानकारी अनुसार रायमाझी बिहीबार बिहानै पक्राउ परेका हुन् ।

उनका छोरा सन्दीप रायमाझी बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए । रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । बाबुछोरालाई सङ्गै अदालतमा पेश गरिने भएको छ।