टाेपबहादुर रायमाझी सम्पर्क बिहिन भएपछि खोजीमा जुट्यो प्रहरी

  • प्रकाशित मिति : २०८० बैशाख २१, बिहीबार
  • chhanbin.com

नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेकाे प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टाेपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि पूर्वमन्त्रीसमेत रहेका सांसद रायमाझी सम्पर्कविहीन भएका हुन् ।

बुधबार गृहजिल्ला अर्घाखाँचीबाट काठमाडाैं जाने भनेर हिँडेका उनी राति ९ बजेपछि सम्पर्कविहीन भएका प्रहरी स्राेतले बताएकाे छ । रायमाझीले भैरहवाबाट काठमाडाैं आउन बुधबार साँझका लागि काटेकाे जहाजकाे टिकटसमेत रद्द गरेकाे बुझिएकाे छ ।

‘राति ९ बजेपछि उहाँ सम्पर्कविहीन हुनुभएकाे छ । माेबाइल पनि अफ गरिएकाे छ’, प्रहरी स्राेतले भन्याे, ‘सम्भावित स्थानमा प्रहरी अलर्ट भएर बसेकाे छ ।’