सचिव पाण्डेलाई थुन्न अदालतले तीन दिन दियो अनुमति

  • प्रकाशित मिति : २०८० बैशाख २०, बुधबार
  • chhanbin.com

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टेकनारायण पाण्डेलाई तीन दिन थुनामा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

उपराष्ट्रपति कार्यालयमा रहेका सचिव पाण्डेलाई नक्कली भुटानी शरणार्थी बनाउन भूमिका खेलेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो।

पक्राउ लगत्तै उनलाई अदालतमा पेश गरेर तीन दिन थुनामा राख्ने अनुमति लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

नक्कल भुटानी शरणार्थी बनाएर तेस्रो देश पठाउने प्रलोभनमा सयौँ व्यक्तिलाई ठगी गरेको भन्दै जिल्ला अदालतले पूर्वउपप्रधानन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएको छ।