वैशाख २४ गते संसद्को बजेट अधिवेशन बोलाउन क्याबिनेटले गर्यो सिफारिस

  • प्रकाशित मिति : २०८० बैशाख २०, बुधबार
  • chhanbin.com

सरकारले वैशाख २४ गते संसद्को बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सिफारिस गरेको हो ।
वैशाख २४ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

अब सरकारको सिफारिस बमोजिम राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नेछन्।