प्रचण्डले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने

  • प्रकाशित मिति : २०८० बैशाख १९, मंगलवार
  • chhanbin.com

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने घोषणा गरेका छन्।

एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल २१ वर्षपछि एसिया कप क्रिकेट प्रतियोगितामा विजयी भएको छ।

विजयी भएसँगै प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री प्रचण्डले कार्यालय सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कार प्रदान गर्ने प्रतिवद्धता गरेको जनाएको छ।

प्रिमियर कप विजेता नेपाली टोलीलाई प्रधानमन्त्रीले बधाई ज्ञापन समेत गरेका छन्।