काङ्ग्रेसका सांसद गर्बुजाले महावीरलाई काँध हाल्दै सरकार सङ्ग गरे यस्तो आग्रह

  • प्रकाशित मिति : २०८० बैशाख १७, आईतवार
  • chhanbin.com

राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको आन्दोलनप्रति नेपाली काङ्ग्रेसका म्याग्दी बाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले समर्थन गरेका छन् ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकारलाई झकझक्याउन पुन गत शुक्रबारदेखि काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत पुनलाई सांसद गर्बुजाले काँध हाल्ने बताएका हुन् ।

आन्दोलन सुरु गर्नुअघि उनले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्ना माग प्रस्तुत गरेका थिए।

आज आइतबार विहान एक प्रेस विज्ञप्ती जारी गर्दै सांसद गर्बुजाले महाविरको पुनका माग सम्बोधन गराउन सडक र सदनबाट आफुले आवाज उठाउने समेत प्रतिबद्धता जनाएका छन् । साथै सरकारलाई समेत माग पूरा गराउन खर्बुजाले आग्रह गरेका छन् ।

‘नेपालका मुर्धन्य बैज्ञानिक म्याग्दी जिल्लाका धर्तीपुत्र महावीर पुनले ‘अनुसन्धान,नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने लगायत माग सहित शुक्रबारदेखि सुरु गर्नुभएको आन्दोलनमा मेरो पुर्ण ऐक्यबद्वता छ,’ सांसद गर्बुजाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

यस्तो छ सांसद गर्बुजाद्धारा जारी विज्ञप्ती

नेपालका मुर्धन्य बैज्ञानिक म्याग्दी जिल्लाका धर्तीपुत्र महावीर पुनले ‘अनुसन्धान,नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने लगायत माग सहित शुक्रबारदेखि सुरु गर्नुभएको आन्दोलनमा मेरो पुर्ण ऐक्यबद्वता छ।

देशभक्त बैज्ञानिकले उठाएका उक्त मागहरुका सम्बन्धमा सडक र सदन दुबै स्थानबाट आवाज उठाउन र साथ दिन तयार छु।सरकारले उहाँका मागहरुलाई अविलम्ब पुरा गरोस् भन्ने जोडदार माग गर्दछु।

मा.खम बहादुर गर्बुजा ‘खम्बिर’