पूर्वराजा ज्ञानेन्द्र शाह किन पुगे नेपालगञ्ज ?

  • प्रकाशित मिति : २०८० बैशाख १५, शुक्रबार
  • chhanbin.com

पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्ज पुगेका छन्।

नेपालगञ्जमा बसेर विभिन्न जिल्लाको भ्रमण गर्न पूर्वराजा नेपालगञ्ज पुगेका हुन्। शुक्रबार साँझ पूर्वराजा नेपालगञ्ज पुगेका हुन्।

पूर्वराजालाई राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा, सहायक महामन्त्री ऋषिराज देवकोटालगायतले विमानस्थलमा स्वागत गरेका थिए।

पूर्वराजा सोमबार नेपालगञ्जको बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी हुने कार्यक्रम रहेको छ। २० गते नेपालगञ्जमा नागरिक अभिनन्दनको कार्यक्रम रहेको छ।

पूर्वराजा ज्ञानेन्द्रसहित पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेरणा पनि नेपालगञ्ज पुगेको राप्रपाका सहायक महामन्त्री देवकोटाले छानबिनलाई जानकारी दिए।