गठबन्धन सरकारको जुईनो खुस्किने गरि शेखर कोईरालाले प्रचण्ड सरकारको किन काढे उछितो ?

  • प्रकाशित मिति : २०८० बैशाख १४, बिहीबार
  • chhanbin.com

नेपाली कांग्रेस नेता शेखर कोइरालाले गठबन्धन सरकारको चर्को आलोचना गरेका छन् । कांग्रेस सम्मिलित माओवादी नेतृत्वको सरकारको आलोचना गर्दै नेता कोइरालाले सरकारले पूर्वअयोग्य लडाकुलाई पैसा दिने विषयको विरोध गर्न आह्वान गरेका छन् ।

आज बिहान फेसबुकमा स्टाटस लेखेर नेता कोइरालाले पूर्वअयोग्य लडाकुलाई पैसा बाँड्ने कार्य अस्वीकार्य रहेको भन्दै ‘माअ‍ोवादी नेतृत्वको सरकारको विरोध गरौँ’ भनेका छन् ।

कोइरालाले भनेका छन्, ‘विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब वुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरूको तलब र पूर्व शिक्षकहरूको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्वअयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन । माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौँ, रोकौँ र भविष्यका लागि सचेत बनौँ। उनीहरूलाई पैसा होइन रोजगारी दिउँ ।’