नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन, कसले कहाँको पाए तालाचाबी ?

  • प्रकाशित मिति : २०८० बैशाख १३, बुधबार
  • chhanbin.com

नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन गरिएको छ। गृह मन्त्रालयले बुधबार उनीहरुको पदस्थापन गरेको हो।

यसअघि प्रदेशको जिम्मा पाएका राजेशनाथ बास्तोला कोशी प्रदेशमा र भरत बोहरा सूदुरपश्चिम प्रदेशमा कायम रहने भएका छन्।

मधेश प्रदेशमा जनकराज भट्टराईलाई जिम्मा दिइएको छ।

यस्तै बिष्णु कुमार केसी अन्वेषण योजना तथा विकास निर्देशनालय, रबिन्द्र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, चन्द्र कुबेर खापुङ अख्तियार दुरूपयोग अनुसन्धान आयोग र लालमणि आचार्यको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन भएको छ।

सुरेन्द्रप्रसाद मैनाली अपराध अनुसन्धान विभाग, अर्जुन चन्द ठकुरी साइबर ब्यूरो, यज्ञ बिनोद पोखरेल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), बिकाशराज खनाल कार्य बिभागमा पदस्थापन भएका छन्।

कुबेर कडायतलाई महानिरीक्षकको सचिवालय र केदार ढकाललाई प्रशासन विभागमा पदस्थापन गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।