सुनको भाउ आज पनि बढ्दा तोलाको कति पुग्यो ?

  • प्रकाशित मिति : २०८० बैशाख १३, बुधबार
  • chhanbin.com

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै तोलामा २०० रुपैयाँले उकालो लागेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० रुपैयाँ छ । हिजो मंगलबार पनि छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ थियो । सुनको मूल्य लगातार दोस्रो दिन पनि बढेका हो।