सरकारको ध्यान कर्मचारी सरुवामा, ६१ सहसचिव को कहाँ पुगे ? (सुची सहित)

  • प्रकाशित मिति : २०७९ फाल्गुन १३, शनिबार
  • chhanbin.com

सरकारको ध्यान कर्मचारी सरुवामा बढी केन्द्रित हुन थालेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको दुई महिनाभित्रै सचिव, सहसचिव, उपसचिव गरी सयौं कर्मचारीको सरुवा भइसकेको छ ।

सरकारले शुक्रबार मात्रै ६१ जना सहसचिवको सरुवा गरेको छ । यसअघि दर्जनौं संख्यामा सचिवको सरुवा भएको थियो भने ठूलो संख्यामा सहसचिव र उपसचिवको पनि सरुवा हुने क्रम जारी रहँदै आएको छ ।

सरुवामा प्रधानमन्त्री दाहाल र उनको सचिवालयका सदस्यको बढी रुचि देखिने गरेको बताइएको छ । शुक्रबार सहसचिवको सरुवामा पनि प्रधानमन्त्रीले बढी चासो देखाएका थिए । यो सरुवामा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको पनि बढी हस्तक्षेप रहेको मन्त्रालय स्रोतको दाबी छ ।

मन्त्रालयले एकसाता अघि नै सहसचिवको सरुवा सूची तयार पारे पनि प्रधानमन्त्री दाहालले हस्तक्षेप गरेपछि सरुवाको निर्णय हुन ढिलाइ भएको थियो ।

को कहाँ पुगे ?