प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। शनिबार भएको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनमा देउवाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।
भेटका क्रममा देउवा र मोदीले भारतको जयनगर र नेपालको कुर्था जोड्ने रेलवे लाइनको उद्घाटन गरेका छन्। नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट बटन थिचेर रेलवेको भर्चुअल उद्घाटन गरिएको हो।
दुबै प्रधानमन्त्रीले अन्तरदेशीय रेलवेका लागि हरियो झन्डा पनि फहराएका थिए।