पञ्चेश्वर परियोजनाले नेपाल भारतको उन्नति गर्नेमा मोदीले यसरी गरे विश्वास

  • प्रकाशित मिति : २०७८ चैत्र १९, शनिबार
  • chhanbin.com

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर बहुउद्देशीय जलविद्युत् परियोजना ऊर्जा क्षेत्रका लागि गेमचेन्जर सावित हुने बताएका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा मोदीले उक्त कुरा बताएका हुन्।

मोदीले पञ्चेश्वर ऊर्जा साझेदारीमा महत्वपूर्ण हुने दाबी गरेका हुन्। ‘ऊर्जा सहकार्यमा हाम्रो संयुक्त दृष्टिकोण आपसी सहयोगको ब्लुप्रिन्ट सावित हुनेछ। हामीले पञ्चेश्वर परियोजनामा तीव्र गतिले अगाडि बढ्ने र त्यसको महत्त्वमा जोड दिएका छौं,’ मोदीले भने।

भारतीय कम्पनीहरूलाई नेपालको जलविद्युत् विकासमा अझै बढी सहभागिताका लागि देउवा र आफूबीच सहमति भएको मोदीले उल्लेख गरेका छन्। नेपालले आफूलाई बढी भएको विद्युत् भारतमा निर्यात गरिरहेकोमा मोदीले प्रसन्नता व्यक्त गरे।