सीमा समस्या समाधानका लागि प्रधानमन्त्री देउवाले राखेको प्रस्तावमा मोदी किन भए चुप ?

  • प्रकाशित मिति : २०७८ चैत्र १९, शनिबार
  • chhanbin.com

नेपालले सीमा समस्या समाधानका लागि भारतसमक्ष संयुक्त संयन्त्र गठनको प्रस्ताव राखेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको द्विपक्षिय भेटवार्ताका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा समस्याबारे कुरा उठाएका हुन्। ‘मैले मोदीजीसँग सीमा समस्यालाई संयुक्त संयन्त्र मार्फत् हल गर्न आग्रह गरेँ’ देउवाले मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा भने।

भारतले सन् २०१९ नोभेम्बरमा नेपाली भूमि कालापानी आफ्नो राजनीतिक नक्सामा समेटेको छ। दशकौंयता कालापानीमा भारतीय सैनिक तैनाथ छन्। संयुक्त पत्रकार सम्मेलनमा मोदीले सीमा समस्याबारे बोलेनन्।