बढुवा भएका एआईजीको जिम्मेवारी कहाँ-कहाँ तोकियो ?

  • प्रकाशित मिति : २०७८ चैत्र १८, शुक्रबार
  • chhanbin.com

प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका तीनै जनाको पदस्थापन गरिएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी धीरजप्रताप सिंहलाई दिइएको छ। यसअघि पनि सिंह सीआईबीमै कार्यरत थिए।

त्यसैगरी प्रशासन विभागको जिम्मेवारी रवीन्द्र धानुकलाई दिइएको छ। यसअघि उनी कार्य विभागमा थिए। मानव स्रोत तथा प्रशासन विभागलाई अलग–अलग गरी मानव स्रोत र प्रशासन गरी दुई विभाग बनाइएको छ। प्रदेश समन्वय विभागको जिम्मेवारी वसन्त पन्तलाई दिइएको छ। यो नेपाल प्रहरीमा नयाँ विभाग हो।