चुनावका लागि आयोगले २ करोड मतपत्र छाप्ने, मतगणना स्थलमा सीसीटीभी जडान गर्ने

  • प्रकाशित मिति : २०७८ चैत्र १७, बिहीबार
  • chhanbin.com

आशन्न स्थानीय तह निर्वाचनमा सबै मतगणना स्थलमा सीसीटीभी जडान हुने भएको छ। निर्वाचन आयोगले बिहीबार आयोजना आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो।

सीसीटीभी सम्बन्धित स्थानीय तहले राख्नेछ भने अनुगमन निर्वाचन आयोगले गर्नेछ। निर्वाचनका लागि २ करोड मतपत्र छापिने जनाउँदै आयोगले आज आयुक्तहरुले प्रेसको अनुगमन गरेको बताएको छ।

छपाइ आजैबाट सुरु भएको छ। मतपत्र छपाइ स्थलमा नेपाली सेनाका कर्नेलको नेतृत्वमा सुरक्षा व्यवस्था गरिएको आयोगले जनाएको छ। स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रबारका लागि तय भएको छ ।