निर्वाचन आयोगमा २०७१ सालमा दर्ता भएको नेपाल समाजवादी कांग्रेसले यो बिचमा अनेक किसिमका आन्दोलन गर्यो। नेपालको हावापानी र नेपालि माटो सुहाउदो राज्य व्यबस्थाको माग गर्दै आफूलाई फरक किसिमको बैकल्पिक प्रजातान्त्रिक पार्टीको उपल्लो तहमा पुर्याएको सो पार्टीले बैशाख ३० गते हुने स्थानीय तहको चुनाब बहिष्कार गर्न र रद्द गराउन भित्र-भित्रै रणनिती निर्नाम गरिरहेको बुझिएको छ।
बर्तमान सामन्तवादी सरकारले गर्न लागेको स्थानीय चुनाव जहाँ जसरी सकिन्छ, त्यसै गरि बहिस्कार गर्नु भन्दै पार्टीका अध्यक्ष गोबिन्द निरौलाले सर्कुलर जारी गरेको पार्टी सचिव मान बहादुर गुरुङले छानबिनलाई बताए। आन्दोलनमा सहभागी नेपाली नागरिक हरुको राजनीतिक जिम्मा नेपाल समाजवादी काग्रेसले लिने अध्यक्ष निरौलाको भनाई छ।
देश भारतको नियन्त्रणमा पुग्न लागेको तर्फ सचेत रहन नेपाल सरकार, नेपाली जनता, संचार माध्यम, सबै संग पार्टी अध्यक्ष निरौलाले अनुरोध गर्दै समाजवादी काग्रेस सहितको राष्ट्रिय सरकारको गठन तथा २०७२ को संबिधान खारेज गरेर देश बचाउन अपील समेत गरेका छन्। राज्यले आफूहरुका माग पूरा गर्न तर्फ ध्यान नदिए नसोचेको समस्या आईलाग्ने चेतावनी समेत निरौलाले दिएका छन्।