नेप्सेमा यी दुई लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत

  • प्रकाशित मिति : २०७८ चैत्र १६, बुधबार
  • chhanbin.com

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । बुधबार आरएमडीसी र नेशनल माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।

दुवै लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा आरएमडीसी लघुवित्तले २० लाख ६८ हजार ४४३.८८ कित्ता अर्थात् २० प्रतिशत बोनस सेयर सूचीकृत गरेको हो । त्यस्तै, नेशनल माइक्रोफाइनान्सको १६ लाख ७६ हजार २१४.२१ कित्ता अर्थात् ४० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।