नेप्सेमा सूचीकृत तीन कम्पनीकोे लाभांश पाउन सेयर किन्ने आज (चैत १६ गते) अन्तिम दिन रहेको छ । सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
तीनै कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि चैत १७ गते बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले चैत ३० गते २० औं वार्षिक साधरण सभा बोलाएको छ ।
त्यसैगरी, प्रभु इन्स्योरेन्सले गत वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५८ प्रतिशत नगद गरी कुल ११.५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न टेलिकमले चैत ३० गते, २६ औं वार्षिक साधारण सभा बोलाएको छ।
त्यस्तै, आरम्भ चौतारी लघुवित्तले गत वर्षको नाफाबाट घोषणा गरेको २१ प्रतिशत बोनस सेयर पारित गर्न चैत २७ गते साधारण सभा बोलाएको छ ।तीनै कम्पनीको प्रस्तावित लाभांश सम्बन्धित कम्पनीले साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।