नेपाली बजारमा आजु सुन प्रति तोला चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदो व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९८ हजार ८ सय रुपैयाँ तोकिएको छ।
मंगलबार पनि सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको थियो। यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।