आज पनि सेयर बजार सोत्तर भएपनी यी तीन कम्पनीको मूल्यमा लाग्यो पोजेटिभ सर्किट

  • प्रकाशित मिति : २०७८ चैत्र १५, मंगलवार
  • chhanbin.com

सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । गत बुधबारदेखि दोहोरो अंकले ओरालो लागेको नेप्सेमा आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ५ कारोबार दिनमा नेप्से झन्डै ११५ अंकले घटेको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७९ करोडले घटेर पौने २ अर्बमा सीमित भएको छ । मंगलबार सेयर बजार मापक सूचक नेप्से १४.२६ अंकले घटेर २५२७.५८ विन्दुमा आइपुगेको छ । यसदिन २२५ कम्पनीको १ अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ रुपैयाँ बराबरको ३८ लाख ९० हजार १३१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये होटल बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूह सबैभन्दा धेरै १.५२ प्रतिशतले घटेको छ । आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । झन्डै ८ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंक ७ करोड र नेपाल लाइफ साढे ६ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

घट्दो बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेष्डो समृद्ध लघुवित्त र इमर्जिङ नेपालको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने राष्ट्र उत्थान लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् । दोहोरो अंकले घटेको बजारमा आज एनआइबीएल समृद्धि फण्ड-२ का इकाइधनीले सबैभन्दा धेरै ४.७३ प्रतिशत गुमाएका छन् ।