दुई बैंक र एक लघुवित्तको नेप्सेमा बोनस सेयर सूचीकृत, कुनले कति दिने भए ?

  • प्रकाशित मिति : २०७८ चैत्र १५, मंगलवार
  • chhanbin.com

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा नबिल बैंक, एक्सेल डेभलपमेन्ट बैंक र स्वाभिमान लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा नबिल बैंकले गत वर्षको नाफाबाट वितरण गरेको ३३.६० प्रतिशत अर्थात् ४ करोड ६५ लाख १७ हजार ३५५.८९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यसैगरी, एक्सेल डेभलपमेन्ट बैंकको १२ प्रतिशत अर्थात् ९ लाख ७३ हजार ३४५.४६ कित्ता र स्वाभिमान लघुवित्तको ३२.३० प्रतिशत अर्थात् २ लाख ९७ हजार ३२१.५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सूचीकृत भएसँगै अब उक्त सेयर सेयरधनीको खातामा आउने छ ।