२१ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय १९ जना संक्रमणमुक्त

  • प्रकाशित मिति : २०७८ चैत्र १४, सोमबार
  • chhanbin.com

नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३ सय ९ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

उक्त अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने ३ सय १९ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा १ लाख ६ हजार ७९ जनाले कोरोनाको खोप लगाएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ५४ छ।