नेपाली सेनाले माग्यो १९४ कर्मचारी, कुन पदमा कति ? (विज्ञापनसहित)

  • प्रकाशित मिति : २०७८ चैत्र १४, सोमबार
  • chhanbin.com

नेपाली सेनाले लोकसेवा आयोगको सहमतिमा ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। सेनाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा १९४ कर्मचारी माग गरेको हो।

सेनाले लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ। त्यस्तै, प्राड उपसेनानी र पाइलट उपसेनानी चार-चार जना माग गरिएको छ।

पुरुषका हकमा १८ वर्ष पूरा भई २९ वर्ष ननाघेका र महिलाको हकमा ३० वर्ष ननाघेका उम्मेदवारले १३ वैशाखसम्म दरखास्त दिन सक्नेछन्।

विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस।