नेष्डो लघुवित्तको सेयर आजदेखि कारोबारमा, पहिलो कारोबार कतिमा खुल्छ ?

  • प्रकाशित मिति : २०७८ चैत्र १४, सोमबार
  • chhanbin.com

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधारण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचीकृत भएको छ । कम्पनीले आइतबार संस्थापक र साधरण गरी कुल २५ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।

नेप्सेमा लघुवित्तले सर्वसधारण तर्फको ८ लाख २८ हजार ७५० कित्ता र संस्थापकतर्फको १७ लाख २१ हजार २७० कित्ता गरी कुल साढे २५ लाख कित्ता सेयर सूचीकृत गरेका हो । नेप्सेमा सूचीकृत भएसँगै आज (सोमबार)देखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि ओपन सेसनमा कारोबार हुन नसकेमा अर्को दिन मात्र कारोबारमा आउने छ ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सेले NESDO संकेत चिह्न प्रदान गरेको छ । नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि न्यूनतम २६०.८४ रुपैयाँदेखि अधिकतम ७८२.५२ रुपैयाँ ओपनिङ रेञ्ज तोकेको छ । यही बीचमा रहेर कारोबार सुरू हुनेछ ।