जीवन विकासको सेयरको माग किन ह्वात्तै बढ्यो, किन्नेको लर्को लाग्दा बेच्ने नै गायब

  • प्रकाशित मिति : २०७८ चैत्र १३, आईतवार
  • chhanbin.com

जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । गत आर्थिक वर्षको मुनाफाबाट ७० प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएर लघुवित्तको सेयर मूल्य घटेपछि लगानीकर्ता झुम्मिएका हुन् ।

गत बिहीबार प्रतिकित्ता ५१०० रुपैयाँमा कारोबार भएको लघुवित्तको मूल्य समायोजन भएर प्रतिकित्ता ३००० रुपैयाँ कायम भएको थियो । बोनसपछि मूल्य समायोजन हुँदा ह्वात्तै भाउ घटेपछि लगानीकर्ता लघुवित्तको सेयरमा झुम्मिएका हुन् ।

आइतबार बजार खुलेको केही मिनेटमै लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ३००० रुपैयाँमा कारोबार खुलेको लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता ३३०० रुपैयाँ पुगेको छ ।

सवा ११ बजेसम्म लघुवित्तको ३ हजार ४०० कित्ता सेयर किनबेच भएको छ भने २६ हजार बढी कित्ता सेयर खरिदका लागि माग भएको छ भने विक्रीकर्ता शून्य रहेका छन् । हाल ६० करोड चुक्ता पूँजी भएको लघुवित्तको बोनसपछि १ अर्ब ४ करोड रुपैयाँ पुग्नेछ ।