चिनी व्यापारीको होटलमा चिनियाँ विदेशमन्त्री वाङ यीले प्रचण्डको कसरी फुके कान ?

  • प्रकाशित मिति : २०७८ चैत्र १३, आईतवार
  • chhanbin.com

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ विदेशमन्त्री वाङ यी बीच भेटवार्ता भएको छ । विदेशमन्त्री वाङलाई अध्यक्ष दाहालसहितको टोलीले नक्सालस्थित मेरियट होटलमा गएर भेटेका हुन् । भेटवार्तामा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेतलगायत सहभागी थिए ।

यसअघि उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए । मेरियट होटल चीनी उत्पादक संघका पूर्व अध्यक्ष शशीकान्त अग्रवालको होटल हो।

नेपालको तीनदिने भ्रमणमा रहेका विदेशमन्त्री वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । शीतल निवासमा उनीहरुले शिष्टाचार भेटवार्ता गरेका हुन् ।उनी आइतबार दिउँसै बेइजिङ फर्कने कार्यक्रम छ । चिनियाँ दूताबासको उच्च श्रोतका अनुसार विदेशमन्त्री वाङ यीले प्रचण्डलाई कांग्रेस संग भन्दा पनि एमाले संग मिलेर फेरी कम्युनिष्ट एकता गर्न सुझाब दिएका छन्।